२०८० मंसिर २२

समाजवादी जिल्ला कमिटी सदस्य महतसहित १ सय १० जना माओवादी केन्द्रमा प्रवेश

चौतारा ,३ भदौँ
एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य बेलबहादुर महत सहित १ सय १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।बुधबार माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, हिमाल शर्मा र प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका माधव सापकोटा सुवोधले टीका र खादासहित स्वागत गर्नु भएको हो ।

नेता महतसँगै समाजवादी, एमाले र काँग्रेस छोडेर अन्य सय १० जनाले एकैचोटी पार्टी प्रवेश गरेका माओवादी सिन्धुपाल्चोकले जनाएको छ ।बुधबार माओवादीमा प्रवेश गरेका महत २०४८ सालदेखि एमालेमा सकृय रहँदै २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० का वडा अध्यक्ष पनि हुनुहुन्छ । एमाले पार्टी टुक्रिएसँगै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहँदै आउनु भएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले विचार र सिद्धान्तले माओवादी अझै अरु दलभन्दा अब्बल रहेको दावी गर्नुभएको छ । व्यवहारिक पक्षमा केही फितलोपन देखिएकाले माओवादी निर्वाचनको गणितले तेस्रो हुन पुगे पनि जनतालाई अधिकारले सुझझित गर्दै समान र समतामूलक र समावेशी राष्ट्र निर्माणका लागि माओवादीले कहिल्यै कसैसँग सम्झौता नगरेको बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गदै केन्द्रीय सदस्य एवम् रुपान्तरण अभियान सिन्धुपाल्चोकका संयोजक हिमाल शर्माले पहिला माओवादीसँग जनता रहेको र बीचमा माओवादीहरु जनताबाट टाढा हुँदै गएको महसुस गर्दै अहिले जनतासँग माओवादी रहने उदेश्यका साथ ३ महिने अभियान थालेको बताउनुभयो । जनताको सुखदुख, प्रगति, निर्माण, विकास र जनताकै ऐजेण्डाहरु बोकेर जनताकै माझमा रहने गरि आफूहरु प्रतिवद्ध रहेकोे जिकिर गर्दै केन्द्रीय सदस्य शर्मा माओवादीकाका कारण आएका उपलव्धीहरुलाई जनतालाई बुझाउन नसक्दा पार्टी सानो भएको उल्लेख गर्नुभयोे ।

केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले नेतामुखी बन्दै गएको पार्टीलाई जनतामुखी पार्टी बनाउने उदेश्य अनुरुपमा विशेष अभियान थालेको बताउनुभयो । व्यवस्था नै नरहेपछि हालसम्मका संपूर्ण उपलव्धी नै गुम्ने खतरा बढेको भन्दै केन्द्रीय सदस्य सापकोटाले गणतन्त्रणलाई संस्थागत गर्न र प्राप्त उपलव्धीलाई संस्थागत गर्न माओवादी नै पहिले रुपान्तरण हुनुपर्ने धारणा राख्नुभयो । पहिले माओवादी रुपान्तरण हुन जरुरी छ र माओवादी रुपान्तरित भएपछि मात्र सिंगो देशलाई रुपान्तरित गरेर लान सकिनेछ नेता सापकोटाले भने त्यसपछि मात्र गणतन्त्रको रक्षा गर्न सकिने उहाँको भनाई थियो ।

कार्यक्रम जनतासँग माओवादी रुपान्तरण अभियान अन्तर्गत बुधबार सिन्धुपाल्चोक, चौतारा शहीद स्मृति भवनमा भएको हो । जनजनमा माओवादी, मनमनमा माओवादी नाराका साथ गत भदौ १८ गतेबाट सुरु भएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान जिल्ला, पालिका हुँदै वडातहसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्