२०८१ श्रावण १२
                           

चौतारा टुँडिखेलमा निमार्णाधीन मिनि रंगशालाको ३५ प्रतिशत मात्र काम सम्पन्न

मंसिर २०— सिन्धुपाल्चोकको चौतारा टुँडिखेलमा निमार्ण भइरहेको मिनि रंगशालाको ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । कोरोना , ठेकेदारको ढिलासुस्ती लगायतका कारण निर्माण सम्पन्न गर्नुपर्ने मितिमा पुग्दा ३५ प्रतिशत मात्र काम भएको सार्वजनिक निमार्ण कार्यान्वयन एकाइ भैसिपाटीका प्रमुख चन्द्र प्रसाद लुईंटेल बताउनुहुन्छ ।चौतारा बजार स्थिति टुँडिखेलमा बागमती प्रदेश सरकारको ४८ करोड लगानीमा उक्त रंगशाला निर्माणधिन छ ।
रंगशाला निर्माण सम्पन्न भएपछि १२ महिना नै खेलकुदको कार्यक्रम गर्न सक्ने सांसद दुलालको भनाई छ । उक्त रंगशालामा ६ हजार दर्शक अट्न सक्ने छन् । ४७ करोड लगानीमा निर्माण हुने रंगशाला देशकै नमुना बन्ने छ । रंगशाला निर्माण भएपछि सिन्धुपाल्चोक जिल्ला खेलकुदका लागि नयाँ गन्तव्य हुने अपेक्षा गरीएको छ ।
रंंगशालाले नगरको सुन्दरता मात्र नभई आर्थिक र सामाजिक पक्षमा समेत प्रत्यक्ष प्रभाव राख्ने बताए । खेलकुद पर्यटकीय गन्तव्यको रुपमा नगरपालिकालाई विकास गर्न सकिने उनको दावी थियो ।

कामलाई गति दिन पहल सुरु

मिनि रंगशाला निमार्ण लाई थप ब्यवस्थित बनाउन मंगलबार चौतारामा सरोकारवालाको बैठक समेत बसेको छ । बागमती प्रदेश सभा सदस्य युवराज दुलाल, सार्वजनिक निमार्ण कार्यान्वय इकाइ प्रमुख चन्द्र प्रसाद लुईंटेल , ,जिल्ला समन्वय समिति सिन्धुपाल्चोक प्रमुख बालकृष्ण श्रेष्ठ ,चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटा , स्काउट सिन्धुपाल्चोकका प्रतिनिधिहरुको उपस्थितीमा बैठक बसेको हो ।
बैठकले जिल्ला समन्वय समितिको नाममा रहेकोले तर निमार्णाधीन चौतारा रंगशालाको नाममा प्राप्त भएको जग्गामा संरचना बनाउने सहमती गरेको छ । स्काउट र समन्वयका उपप्रमुखको आवास क्षेत्र खाली गर्ने सहमती जुटाएको हो ।

प्रतिक्रिया दिनुहोस्