२०८२ असार १९

मेलम्चीमा यात्रुबाहक बस दुर्घटना : चालकसहित ८ जना घाइते

मेलम्ची, असार १४ 
तिपेनीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस मेलम्ची बजारपारी दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। बा.प्र. ३–०१–००५ख ९९७६ नम्बरको उक्त बस अनियन्त्रित भई दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ८ जना मध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने चालक महेश्वर ढकालको अवस्था गम्भीर छ। सबै घाइतेको प्रारम्भिक उपचार मेलम्ची नगर अस्पतालमा गरिएको छ र थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

घाइते हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती, भोताङकी पेमा लामा, नोर्कि तामाङ, चालक महेश्वर ढकाल, विनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन्।

बस दुर्घटनाको कारण खुलेको छैन भने यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्