सिन्धुपाल्चोक । शनिबार सिन्धुपाल्चोकका १०३ वटै वडामा नेपाली कांग्रेसको अधिवेशन हुने भएको छ । भोलि (असोज ३) गते एकै दिन सिन्धुपाल्चोकका नेपाली कांग्रेस सिन्धुपाल्चोकले जिल्लाका १०३ वटै वडामा असोज ३ गते नै अधिवेशन गर्ने निर्णय गरेको हो ।
वडा तहमा हुने अधिवेशनबाट नयाँ कार्यसमिति गठन तथा प्रतिनिधि चयन हुनेछन् । असोज १ गते जिल्ला सभापति जंगबहादुर लामाको अध्यक्षतामा बसेको जिल्ला कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
वडा अधिवेशनलाई व्यवस्थित र सहमतिमूलक रूपमा सम्पन्न गर्ने उद्देश्यले पार्टी नेतृत्वले मातहतका निकायलाई आवश्यक तयारी गर्न आग्रह गरेको छ। सभापति लामाले जिल्लाका सबै वडामा सकेसम्म सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न गरी प्रतिनिधि चयन गर्न तथा वडा कार्यसमिति गठन गर्न सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस्