२०८१ श्रावण १२
                           

इन्द्रावती गाउँपालिकाको एक वर्ष : सुशासनमा सुधार, महत्त्वाकाङ्क्षी योजना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहमध्ये इन्द्रावती गाउँपालिकाले प्रथम वर्षको उपलब्धिहरू सार्वजनिक गरेको छ ।बुधवार गाउँपालिकाको सभा हलमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकामा निर्वाचित भएको एक वर्षे उपलब्धि सार्वजनीकरण गरेको हो ।

गाउँपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकताका साथ अघि बढाएको छ । टुहुरा बालबालिकालाई ‘टुहुरा बालबालिकासँग अध्यक्ष’ कार्यक्रम मार्फत १३ जना बालबालिकाको संरक्षण गरेको छ । ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत ‘स्वास्थ्य संस्थामा अण्डा र घर घरमा झन्डा’ साथै थप पोषण सामाग्रीका लागि रु।एक हजार आठ सय उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष शोभना तामागंले जानकारी दिनुभयो ।

उहाँले ज्येष्ठ नागरिक र शीघ्र कुपोषित बालबालिकाको घरमै गएर पहिचान तथा परामर्श र प्रत्येक महिना सेवा प्रदान तथा औषधी वितरण गरिएको बताउनुभयो । साथै थप पोषण सामाग्रीका लागि रु।एक हजार आठ सय उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष शोभना तामागंले जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिक र शीघ्र कुपोषित बालबालिकाको घरमै गएर पहिचान तथा परामर्श र प्रत्येक महिना सेवा प्रदान तथा औषधी वितरण गरिएको बताउनुभयो ।

एकल पुरुषलाई मासिक भत्ता

गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ताको व्यवस्था गरेको छ । मासिक ५ सयका दरले एकल पुरुषहरूलाई भत्ताको सुरुवात गरिएको गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिनुभयो । “हामीले एकल महिलालाई मात्रै होइन,एकल पुरुषलाई पनि मासिक रूपमा भत्ताको व्यवस्था मिलाएका छौँ,सामाजिक सुरक्षाको यो नौलो अभ्यास हो यसलाई अरू स्थानीय तहले पनि पछ्याएका छन्,”प्रवक्ता आचार्यले भन्नुभयो ।

कृषि विकास
गाउँपालिकाले ६ वटा वडालाई मकै पकेट क्षेत्र घोषणा गरेको छ । चालु आर्थिक वर्षमा ३६ वटा आधुनिक ट्रस्ट टनेल र २३८ वटा आधुनिक कृषि उपकरण वितरण गरेको छ । त्यस्तै च्याउ खेती प्रवर्द्धन,गँड्यौला मल विकास,मौरी पालन प्रवर्द्धन,रासायनिक मल तथा उन्नत बिउँ विजन वितरण गरेको छ । गाउँपालिकाभरको पशु बिमा, कृत्रिम पशु गर्भधारण,पशु स्वास्थ्य शिविरमार्फत गरेको छ । त्यस्तै गाउँपालिकाले दूधमा प्रतिलिटर रु।४ रुपैयाँ अनुदान दिँदै आएको छ ।

वडाबाटै योजना सम्झौता र सामाजिक सुरक्षा भत्ता
गाउँपालिकाले बाह्रै वटा वडामा रु।दश लाखसम्मको सम्झौता वडाबाटै गर्ने गरेको छ । नागरिकलाई प्रशासनिक काममा सहजता र पारदर्शिता ल्याउन सो योजनालाई अवलम्बन गरेको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । त्यस्तै सामाजिक सुरक्षा भत्ता पनि गाउँपालिकाले वडाबाटै वितरण गर्ने गरेको उहाँले बताउनुभयो ।

सुशासनमा सुधार
सुशासन,संस्थागत विकास तथा सेवा प्रवाहमा उल्लेख्य फट्को मारेको छ । आ।व ७८र७९ को लिजा मा ९५ प्रतिशत अङ्क प्राप्त गरेको छ । यो बागमती प्रदेशकै उच्च अङ्क हो । गाउँपालिकाले वित्तीय जोखिम मुल्याकंनमा ५२ अङ्क प्राप्त गरी गत वर्षको तुलनामा उल्लेख्य सुधार गरेको छ । साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मुल्याकंनमा सिन्धुपाल्चोक जिल्लामै प्रथम स्थान हासिल गरेको छ ।

विकास निर्माण
चालु आर्थिक वर्षमा १ किलोमिटर कालोपत्रे ४८३ मिटर सडक ढलान भएको छ । १८ किलोमिटर ग्राभेल र ९।४ किलोमिटर पक्की नाला निर्माण गरेको छ । गाउँपालिकाले ३८२ धारा निर्माण गरी १४ वटा ट्याङ्की निर्माण गरेको छ । चालु आर्थिक वर्षमा ७४ प्रतिशत योजनाहरूको काम सम्पन्न गरेको छ ।

ऐन निर्माण
गाउँपालिकाले ४९ वटा ऐन,६८ वटा नियमावली,५ वटा नीति,२७ वटा निर्देशिका जारी गरेको छ । गाउँपालिकाले ३८ बुँदे आगामी जन अपेक्षित कार्य योजना निर्माण गरेको छ

प्रतिक्रिया दिनुहोस्