चौतारा – “हाम्रो चौतारा राम्रो चौतारा” भन्ने नारासहित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ को आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विशेषगरी वातावरण सुदृढ बनाउन एवम् पर्यटन आकर्षणको उद्देश्यसहित आल डाँडाबाट सञ्चालन गरिएको थियो।
कार्यक्रममा मुख्य रूपमा शिरीष (ज्याक्रान्डा) प्रजातीका ९३ वटा बिरुवा रोपिएका छन्। यस वृक्षारोपण अभियानमा प्रविधिक एवम् जनशक्तिमा खटिएको इन्द्रध्वज गण, लक्ष्मणडाँडा व्यारेकको जवानहरूको सक्रिय सहभागिता रहेको थियो।
वडा अध्यक्ष शिव श्रेष्ठले चौताराको हरियाली तथा वातावरण संरक्षणका लागि यस्तो कार्यक्रम आवश्यक रहेको धारणा राखेका छन्। खानेपानी स्रोतको संरक्षण, भूमिक्षय नियन्त्रण तथा सरसफाइ प्रवर्द्धनमा वृक्षारोपणको महत्वपूर्ण भूमिका रहने भन्दै अध्यक्ष श्रेष्ठले प्रविधि सहयोग गर्ने इन्द्रध्वज गण प्रति आभार व्यक्त गरेका छन्।
यस कार्यक्रमले वातावरणीय सन्तुलन र जनचेतनाको सन्देश समेत फैलाउने अपेक्षा गरिएको छ। वडाको यस कार्यक्रमबाट वडा प्रवेश गर्ने सडक खण्ड सुन्दर देखिने अपेक्षामा स्थानिय बासिन्दाहरू पनि उत्सुक र खुसि छन्।
प्रतिक्रिया दिनुहोस्