२०८१ श्रावण १२
                           

ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सबै वडामा सकियाे,साेमबार २सय१८ जनाले लिए सेवा

सिन्धुपाल्चोक ,१३ चैत

सम्झना कार्की -चाैतारा साँगाचाेकगढी नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा राखिएको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सबै वडामा सकिएकाे छ।साेमबार जल्केनि स्वास्थ्य चाैकीमा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेसङ्गै सकिएकाे हाे।

वडा नम्बर १०काे जल्केनि स्वास्थ्य चाैकीमा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम नगर प्रमुख कृष्णप्रसाद सापकोटाकाे प्रमुख आतिथ्यता ,उप प्रमुख सीता थापाकाे बिशेष आतिथ्यता र वडा नम्बर -१० का वडा अध्यक्ष निल वहादुर तामाङकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियोे ।

उक्त कार्यक्रमबाट २सय१८ ज्येष्ठ नागरिकले सेवा लिएका छन् । यस्तै १८ जना गर्भवती,५ बर्ष मुनिका बालबालिका १२ जना रहेका छन् ।

१८१ जनाकाे रक्त परीक्षण गरिएकाे छ ।जसमा सुगर बढेकाे १२जना पाईएकाे छ ।१८ जना गर्भवती महिलाकाे भिडियाे x-rayगरिएको छ।

 

उच्च रक्त चाप भएकाे १३ जना,क्षयरोग शंकास्पद ११ जना,आँखा परीक्षण- २१८ जना,माेतिबिन्दु भएका५ जना रहेकाे स्वास्थ शाखा प्रमुख शिव पुरिले जानकारी दिनुभएको छ।

उक्त कार्यक्रमा जनप्रतिनिधि ,  डाक्टर, स्वास्थ्यकर्मी , त्रिपुरेस्वर आँखा अस्पतालकाे टिम, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, पत्रकारहरू लगाएतकाे उपस्थितिमा शिविर सम्पन्न भएको हाे।

 

प्रतिक्रिया दिनुहोस्