२०८२ कार्तिक २

चौतारामा नगर सभा सदस्यहरूका लागि न्यायीक समिति सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिकाको न्यायिक शाखाको आयोजनामा नगर सभाका सदस्यहरूका लागि न्यायिक समितिको अवधारणा र कार्यान्वयनको सवालमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा प्रशिक्षकका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको उपस्थित रहेको थियो। उनले  न्यायिक समितिको भूमिका, अधिकार तथा कानुनी प्रक्रिया बारे विस्तृत प्रशिक्षण दिदै स्थानिय तह तथा वडाको सिफारिस मा जिल्ला प्रशासनबाट धेरै कामहरू हुदै आइरहेको तर प्रक्रिया बारे स्पष्ट नहुदा आम सेवाग्राहीहरूले समेत समस्य भोग्नु परेको बताउदै यस्ता कार्यक्रमले सेवा प्रवाहलाई समेत सहज बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले न्यायसम्बन्धी विषयवस्तुप्रति स्पष्ट भएर जीवन व्यवहारमा लागू गर्नुपर्ने कुरामा जोड दिएका छन् । साथै, उले कार्यक्रममा सहभागी सबैलाई अभिमुखीकरण बाट प्राप्त ज्ञान तथा जानकारीलाई जनसमुदाय सम्म पुर्‍याउन सुझाव समेत दिए।

कार्यक्रममा न्यायिक समितिले हालसम्म गरेका कार्यहरू समेटिएको “न्यायिक संगालो” प्रकाशित गर्ने तयारीमा रहेको बताउदै नगर उप–प्रमुख सीता थापाले ले मेलमिलापकर्ता प्रोत्साहन कार्यक्रमलाई  कार्यान्वयनमा ल्याउन समेत सुझावहरू संकलन हुने अपेक्षा रहेको बताइन्।

यस अभिमुखीकरण कार्यक्रमले नगरका जनप्रतिनिधिहरूलाई न्यायिक समिति र मेलमिलाप प्रक्रियाबारे थप जानकारी, सीप र आत्मविश्वास दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्