२०८१ आश्विन २६
                           

तेगा जुगलका पहिरो पिडितलाई खाद्यसामग्री वितरण

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर–३ स्थित तेगागाउँमा गाउँपालिकाले पहिरो पीडितलाई खाद्यन्न सामग्री सहयोग गरेको पालिका अध्यक्ष रेशम स्याङबोले बताए । पिडितका लागि १० बोरा चामल, २ बोरा दाल, २ बोरा चिउरा, २ बाक्सा तेल, नुन लगायतका सामग्री जिल्ला विपद ब्यवस्थापन समिति मार्फत सहयोग गरिएको अध्यक्ष स्याङबोले जानकारी दिए ।

यस्तै सोमबार उद्योग वाणिज्य संघले चामल, दाल, तेल, नुन, चिनी, चिउरा, साबुन, मसला लगायतका खाद्य सामग्री सहयोग गरिएको छ । यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले त्रिपाल, भाँडाकुँडा लगायतका सामग्री सहयोग गरिएको रेडक्रशमन्त्रि कमल चरण कक्षपतिले जानकारी दिए ।

सो प्राप्त राहात सामग्री सहित र थप राहत जिल्ला विपद समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा तेगामा वितरण गरिएको हो । सोमबार सिडियो थापाको टोलीले हेलिकप्टर मार्फत राहत सामग्री तेगामा पुर्याएका हुन ।

तेगामा बेपत्ता भनिएका ७ जना सम्पर्कमा आए ।
पहिरोले घर बगाउँदा बेपत्ता भएका भनिएका सातै जना सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार तेगामा पुगेर उद्धार गरिएको हो ।
पहिरोले तेगाको नौ घरमध्ये तीन घर पुर्ण रुपमा क्षति भएको छ । स्थानीयको उद्धार गरेर सुरक्षित स्थानमा लैजाने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्