२०८० फाल्गुन १४

प्रेस सेन्टर सिन्धु:सामाजिक सञ्जालमा पार्टी र संगठनकाे विरुद्धमा लेख्नेहरुकाे अनुगमन गर्ने

चाैतारा । प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले संगठन र मातृ पार्टी नेकपा (माओवादी ) केन्द्रकाे जिम्मेवारीमा रहेर सामाजिक सञ्जालमा पार्टी र संगठनकाे विरुद्धमा लेख्नेहरुकाे अनुगमन गर्ने भएकाे छ ।

केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा,सिन्धुपाल्चोक जिल्ला संयाेजक गाेविन्द पराजुली र प्रेस सेन्टर सिन्धुपाल्चोक जिल्ला इन्चार्ज विदुर गिरीकाे उपस्थितिमा बुधबार चाैतारामा बसेकाे प्रेस सेन्टर सिन्धुपाल्चोककाे पाँचाैं विस्तारित बैठकले पूर्व जिल्ला संयाेजक दिपक खत्रीकाे संयाेजकत्वमा ५ सदस्यीय सामाजिक सञ्जाल अनुगमन समिति गठन हाे।

संगठनका अध्यक्ष सुन्दर शिरिषका अनुसार समितिले माओवादी केन्द्र सम्बद्ध नेता कार्यकर्ताहरुले पार्टीकाे हित विपरित स्टाटस र कमेन्ट लेखेकाे पाइए त्यसकाे प्रमाणसहित जिल्ला पार्टी समक्ष पेस गर्नेछ ।

पार्टीकाे जिम्मेवारीमा रहेर सामाजिक सञ्जालमा पार्टीकै हित विपरित लेखेकाे पाइएमा सुरुमा सचेत गराइने र गल्ती दाेहाेर्याए कारवाही गरिने माओवादी केन्द्र सिन्धुपाल्चोकका संयाेजक गाेविन्द पराजुलीले बताए ।खवरज्वति

प्रतिक्रिया दिनुहोस्