२०८२ असार ३
                           

चौतारा साँगाचोकगढीको सुकुटे क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा

चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटे क्षेत्रलाई औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गरेको छ । संघीय संसदका पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले सुकुटे करिडोर क्षेत्रलाई औपचारिक रुपमा पर्यटकीय क्षेत्र घोषणा गरेका हुन् ।

 

सापकोटाले सुकुटे क्षेत्रलाई औपचारिक पर्यटकीय क्षेत्र घोषणा गरे संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी सन्देश जाने बताए । पर्यटन प्रवर्धनका लागि रणनीतिक योजनमा अघि सारेर पर्यटकलाई आकर्षित गर्ने र आन्तरिक आम्दानी वृद्धि गर्न जोड दिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाको ९, १०, ११ र १२ लाई पर्यटकीय क्षेत्र घोषणा गरिएको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । अहिले सुकुटेलाई प्रमुख गन्तव्य मानेर घोषणा गरिएको र नगरपालिकाका अन्य वडाका महत्वपूर्ण धार्मिक पर्यटकीय स्थललाई समेटेर घोषणा गर्ने योजना रहेको सापकोटाले बताए ।

कार्यक्रममा बोल्दै पूर्वाभौतिक पूर्वाधार विकासमन्त्री युवाराज दुलाले पर्यटकीय क्षेत्रको विकासका लागि सक्दो साथ सहयोग गर्ने बताए । उनले यस क्षेत्रमा पर्यटक अझ बढ्दै जाने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्