नेपाल भुतपुर्व सैनिक संघ, सिन्धुपाल्चोककाे प्रथम जिल्ला अधिबेशन बिपी अध्ययन केन्द्र चाैतारामा सम्मन्न गरेकाे छ । नेपाली काङ्ग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भव्यरुपमा भएकाे हाे । मणिरत्न न्याैपाने अध्यक्ष जिल्ला काङ्ग्रेसकाे नीतिअनुरूप सरकार सञ्चालन गर्न सकिरहेका छैनौं । आगामी दिनमा ८४ काे चुनावमा एक्लै मैदानमा उत्रने बताउदै साे काे लागि तयार रहन भुतपुर्व सैनिकहरुलाई आग्रह गरे ।
महासमिति सदस्य भरत खड्का शिव सुनार कुमार दुलाल नेपाली काङ्ग्रेसमा जिल्ला नेता बिलबहादुर तामाङले संघले जनताकाे भावनाकाे कदर गर्दै नेपाली काङ्ग्रेसलाई माथी उठाउने भूमिका खेल्न बिस्वास लिए । पार्टीलाई एकता सहितकाे अनुशासित बनाउने कार्यमा सहयाेग पुर्याउन आग्रह गरे । बिभक्त काङ्ग्रेसलाई एउटै मञ्चमा उभ्याउन पहलकदमी लिन समेत आग्रह गरे । बुद्धि बहाुर तामाङ, नेपाली सेना गाेरखालीकाे नामले चिरपरिचित रहेकाे बताए । समयअनुकुल परिमार्जित चेन अफ कमान्डमा रहेर सेवाभावमा लागेवापत गाैरबमय इतिहास रचेकाे बताउदै सदैव संगठीत रहनुपर्ने बताए । संघले सिन्धुपाल्चोक जिल्लाकाे ५ वटा गाउपालिका र नगरपालिकामा अधिबेशन सकाएकाे र बाँकी ७ वटा स्थानीय तहमा पनि छिट्टै गरिने । महत्त्वपूर्ण भुमिका रहन्छ ।
एकता सन्देश दिन्छ सैनिक संघ को अधिवेशन ले सबै नेताहरुको उपस्थिति देखिएको मा।खुशी व्यक्त गर्दै । नेताहरू को टिकाटिप्पणी गर्न बन्द गरौँ यसले नकारात्मक म्यासेज फैलाउछ।संगठन सुदृढीकरण करण गर्नमा उर्जा मिल्ने अपेक्षा रहेको-बिल बहादुर तामाङ भक्तध्वज बोहोरा: सक्षम नेतृत्व गर्ने टिम बनोस भन्दै शुभकामना दिए।भावनात्मक एकताको सन्देश दिने प्रयास गरेको धन्यवाद ग्यापन गरे।लामो अनुशासन मा बसेर चेन अफ कमाण्ड सम्हालेका सैनिक साथिहरुले पार्टीलाई अनुशासन मा बस्न सिकाउनु पर्ने उनले बताए।
शिव सुनार विधिवत रुपमा अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए। जीवन बगाएको रगत र पसिनालाई पार्टीमा पनि योगदान दिने । चेन अफ कमान्ड सम्हालेका सैनिक साथीहरू ले पार्टी लाई मार्गनिर्देशन र घचघचाई पार्टीलाई सहि दिशामा दोहोराउन मद्दत पुग्ने उनले बताए।सम्विधान माथी खतरा को घन्टी बजेको बताउदै सैनिक साथी हरुलाई त्यसको प्रतिवाद मा उत्रन निर्देशन दिए। बंशलाल तामाङ – भुपु सैनिक संघ ले आफ्नो अधिवेशन समयमै गरेको मा शुभकामना दिए जीवन अत्यन्तै उर्वरा समय देश र जनतामा खर्चिएको र बाकी समय लोकतन्त्र को समय दिएकोमा खुशी व्यक्त गरे। विना बर्दिको शुभकामना समय देश र जनताको नाममा आफुले पनि योगदान गरेको बताए। नयाँ कार्यसमिति आज नै चयन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्