चौतारा,२७ फागुन
सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोकको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापतिमा अमृत श्रेष्ठ सर्वसहमत चयन भएका छन् । शनिबारक्याम्पसमा भएको विद्यार्थी संगठनहरुको भेलाले अखिल क्रान्तिकारीका श्रेष्ठलाई स्ववियु सभापतिमा सर्वसहमतिबाट चयन गरेको हो ।
त्यस्तै, क्याम्पसको स्ववियु उपसभापतिमा निर्मल श्रेष्ठ, सचीवमा सुशील तामाङ, सहसचिवमा सविना कार्की, कोषाध्यक्षमा प्रमिला विक चयन भएका छन ।
प्रतिक्रिया दिनुहोस्