२०८१ माघ २४
                           

२० जनालाई निशुल्क हाते कढाई तालिम

चौतारामा निःशुल्क हाते कढाई  तालिम सुरु भएको छ । बिहिवार  तालिमको चौतारा साँगाचोक गढी नगरपालिका ५ का वडाध्यक्ष शिव श्रेष्ठले उद्घाटन गरेका हुन । ३ महिना हुने सो तालिममा २० जना  सहभागी छ्न ।

बागमती प्रदेश सरकार ,सामाजिक विकास मन्त्रालय , सामाजिक विकास कार्यालय धुलिखेल , काभ्रेपलान्चोककाे आर्थिक सहयोग र युनाइटेड टेक्निकल ट्रेर्निङ् एजुकेसनल प्रा.लिको प्राविधिक सहयोगमा सिन्धुपाल्चोक जिल्लामा निःशुल्क हाते कढाई (ह्याण्ड ईम्ब्रोईडरी) तालिम भैरहेको हो ।

प्रतिक्रिया दिनुहोस्