२०८३ मंसिर ५

नेपाली कम्युनिष्ट पार्टी चौताराको जागरण अभियान सुरु, सापकोटाद्धारा उद्घाटन

निर्मल बस्नेत, चौतारा । नेपाली कम्युनिष्ट पार्टीले घोषणा गरेको २ महिने जागरण अभियान आज देशभरको ७ सय ५३ वटै स्थानीय तहमा एकसाथ अभियान उद्घाटन गरिएको छ । सोही अनुरुप सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा पनि पार्टी केन्द्रिय सदस्य कृष्णप्रसाद सापकोटाद्धारा पालसमा बत्ति बालेर अभियान उद्घाटन गरेका हुन् ।
सिन्धुपाल्चोकको पनि १२ वटै स्थानीय तहमा एकसाथ उक्त कार्यक्रम भएको छ । चौताराको शहिद स्मृति भवनमा भएको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सापकोटाले अमेरिकी साम्राज्यवादी दलालहरुले प्रयोग गरिएका एल्गोरिदमको पछाडी जनताहरु भ्रममा लागे पनि अव नलाग्ने ठोकुवा गरे ।


प्रधानमन्त्री वालेन्द्र शाहप्रति इंगित गर्दै भने “राष्ट्रघाती अभिव्यक्ति दिने राष्ट्रवादी हुनै सक्दैनन् जसले छिमेकी राष्ट्रमा गएर नेपालले सिमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए । ” पहिल्लो समय नयाँ हौ भन्नेहरुका बारेमा देशका बुद्धिजिवी, पत्रकार र कलाकारहरुले खुलेर बोल्न थालेका छन् । उनिहरुले समेत केहि समय तुलना गर्ने मौका पाए । आगमी दिनमा सहि विचार र सिद्धान्तले जित्ने र बिचार र लक्ष्यविहिन आवेगीहरु अर्थात देशद्रोहीहरुलाई सचेत नागरिकले किनारा लगाउने ठोकुवा गरे ।
पार्टी केन्द्रिय सदस्य प्रेम सापकोटा राजेन्द्रले पार्टी एकता र वामपन्थिहरुको मार्चाबन्दी बहिरहेको तर्क गरे । उनले विगतको विचार र मार्गदर्शक सिद्धान्तहरुको सवालमा पार्टी महाधिबेशनले टुङ्गो लगाउने भएकोले कतै दुविधामा नपर्न आग्रह गरे । पार्टी भित्र जिल्लाबाट केन्द्रसम्म नेतृत्व गर्ने नेता रहेकोले सिन्धुपाल्चोक सदैव निर्णायक स्थानमा रहेको भन्दै उत्साह पुर्वक लागि पर्न कार्यकर्तालाई हौसला प्रदान गरेका थिए ।
त्यस्तै पार्टी कृन्द्रिय सदस्य गोविन्द पराजुलीले एउटा गाडीको पाटपुर्वा विग्रीए गाडी दुर्घट्नामा हुने लेलिनको भनाईलाई सम्झदै आम पार्टी कार्यकर्तालाई एकमना एकताका साथ लागि पर्न आग्रह आग्रह गरे । स्थानीय सरकारमा पार्टीबाट प्रतिनीधित्व गरेकोले जनभावना र गुनासोको सुनुवाई गर्न र समस्या समाधानमा सरकारलाई पार्टी कार्यकर्ताले समेत सहयोग गर्नुपर्ने बताए ।
पार्टी कार्यकर्ता र शुभचिन्तकको ह्याङ मेटाउन कमजोरीप्रति गम्भिर हुन जरुरी रहेको बताए ।
पार्टी प्रदेश समिति सदस्य एवं चौतारा साँगाचोकगढीका इन्चार्ज उजार सिं तामाङले पार्टी सदस्यताको काम ३ महिनादेखि जारी रहेकाले प्रत्येक वर्ष सदस्य अध्यावधिक गर्न आफ्नो बैधानिकता कायम राख्न आम पार्टी कार्यकर्तालाई आग्रह गरे । उनले २०५८ सालमा ७५ जिल्लामा पहिलो जिल्लाको सदरमुकाममा जनसकार घोषणा गर्न सफल भएको क्षण सम्झदै २ कार्यकाल स्थानीय सरकार समेत पार्टीबाट नै जितेकोले तेस्रो कार्यकाल पनि उक्त साख जोगाउन चुनौति थपिएको बताए ।

जागरण कार्यक्रममा नगरमा स्थाई ठेगाना भएका पार्टी केन्द्रिय सदस्य, वागमती प्रदेश सदस्य, जिल्ला सदस्य र नगर समितिका नेता तथा कार्यकर्ताहरु सहभागि थिए । उक्त कार्यक्रम १४ वटै वडाको टोलटोसम्म पुग्ने र जनगुनासो सुन्ने र स्थानीय सरकार र प्रदेश सरकारसंग समन्वय गरि विकास निर्माणको कामलाई समेत जोड दिएर जाने नगरपालिका संयोजक श्यामकृष्ण श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्