२०८२ बैशाख १८
                           

डेनमार्कका राजालाई नेपाली राजदूत तुलाधरले बुझाइन् ओहोदाको प्रमाणपत्र

डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले आफ्नो ओहोदाको प्रमाणपत्र राजालाई बुझाएकी छिन् । डेनमार्कका राजा फ्रेरिक आन्द्रे हेनरिक कृस्चियनलाई तुलाधरले मङ्गलवार प्रमाणपत्र बुझाएकी हुन् ।

कृस्चियन्सबोर्ग दरबार कोपनहेगनमा ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाएकी थिइन भने राजाले सन २०१५ मा भूकम्पपछिको नेपाल भ्रमण स्मरण गरेको राजदूतावासले जानकारी दिएको छ ।

 

राजाले नेपालको हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको असरको चिन्ता गरेको र राजदूत तुलाधरले आगामी सगरमाथा संवादको निम्तो दिएको पनि राजदूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्