२०८१ माघ २४
                           

मेलम्ची –शिखरपुर जोड्ने पक्कि पुलका विषयमा छलफल

 

मेलम्ची –शिखरपुर जोड्ने पक्कि पुलका विषयमा आज छलफल भएको छ । बागमती प्रदेशका पूर्व भौतिक विकास मन्त्री युवराज दुलाल,मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,प्रदेश पूर्वाधार कार्यालयका प्रमुख प्रकाश पौडेल,वडा नम्बर ११का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ,निमार्ण व्यवशायी अनिल सिलवाल,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुर थापा लगायत जनप्रतिनिधि,सरोकारवाला र स्थानियबिच छलफल भएको हो ।

जय विष्णु निमार्ण सेवा प्रा.लिले भ्याट बाहेक २५ करोडमा निमार्ण सम्झौता भएको पुलको कुनै समस्या नआए २ बर्षभित्रमा सम्पन्न गर्ने योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाएको छ ।

छलफलमा पूर्व मन्त्री दुलालले निरन्तरको मिहेनत पछि पुल निमार्णको काम सुरु हुन आटेको भन्दै गुणस्तरीय र कुनैपनि विपद्ले क्षति नगर्ने काम काम गर्न निर्देशन दिनुभयो । नगर प्रमुख तामाङले काम गर्ने क्रममा आइपर्ने समस्या समाधान गर्न सहजिकरण गर्ने बताउनुभयो । उहाँले सबै निकाय सँगको समन्वयमा काम अगाडी बढेमा सहज हुने बिस्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्