२०८१ श्रावण १२
                           

ईन्द्रावती गाँउपालिकाद्वारा प्रहरीलाई दुईवटा मोटरसाइकल सहयोग

सिन्धुपाल्चोक ,८चैत

ईन्द्रावती गाँउपालिकाले इलाका प्रहरी कार्यालय नवलपुरलाई दुईवटा मोटरसाइकल सहयोगस्वरुप उपलब्ध गराएको छ ।बुधबार इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले इलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत इटनीलाई १५० सिसिको दुईवटा पल्सर माेटरसाइकल र साेकाे ब्लुबुक, साँचो हस्तान्तरण गर्नु भएको हो ।

आम नागरिककाे जीउधनको रक्षा र सामाजिक सद्भाव कायम राख्न चाैबिसै घण्टा खटिने प्रहरीलाई छिटाे छरितोरुपमा कार्य सम्पादन गर्न सहज हाेस भन्ने उदेश्यले सवारीसाधन प्रदान गरिएको अध्यक्ष नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्