२०८१ श्रावण १२
                           

प्रदेश सरकारमा दुलालको दोस्रो ईन्ट्री

चौतारा, ११ माघ
सम्झना कार्की — बाग्मती प्रदेश सरकारले नियुक्त गरेको आठ जना मन्त्री मध्ये सिन्धुपाल्चोकले पनि मन्त्री पाएको छ । जसमा नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलाल ‘सरद’ ले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाउँनु भएको छ । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न २, प्रदेशसभा क बाट विजयी हुनुभएका  दुलालले भौतिक मन्त्रालयको जिम्मेवारी पाउँनु भएको हो । दुलालले अघिल्लो कार्यकालमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाई स्वास्थ्य ,शिक्षा , विज्ञान प्रविधि ,युवा खेलकुद र सामाजिक सुरक्षा लगाएत बिभिन्न महत्वपुर्ण काम देखाईसक्नुभएको छ ।

फेरी दुलाल भौतिक पुर्वाधार मन्त्रालयको मन्त्रीमा नियुतm हुनुभएको हो । अघिल्लो कार्यकालमा प्रदेश सामाजिक विकास मन्त्री छदा विकासको बाकस उपनामले चिनारी बनाएका उहाँलाई यसपटक पनि विकासे मन्त्रालय भौतीक पुर्वाधार ,योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर मिलेको छ । यसपटकको चुनावमा बाकस मात्रै होईन विकासको ट्रक नै ल्याउने उद्घोष मतदातामा गर्नुभएको छ । दुलालबाट मतदाताले विकासको आशा राखेका छन् ।

यस्तै माओवादीकी सांसद सिन्धुपाल्चोककी बुहारी कुमारी मोक्तान फेरि सामाजिक विकास मन्त्री हुनुभएको छ भने माओवादीका गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला मन्त्रीमा नियुक्त गरिएको छ । यसैगरी एमाले सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ भने रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय र केशव पोख्रेलले प्रदेशको पशुपक्षी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउनु हुनेभएको छ ।

राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री हुनुहुने भएको छ भने पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय पनि राप्रपाले पाउने भएको छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्