काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको तयारीका लागि पाँच वटा समिति संयोजक तोकेको छ। महाधिवेशन तयारी समितिको बैठकको निर्णयअनुसार मूल तयारी समितिका संयोजक शशांक कोइरालाले विभिन्न समितिका संयोजक मनोनयन गरेका हुन्।
सिन्धपाल्चोकका नेता मोहनहादुर बस्नेतसहित पाँच जनालाई विभिन्न समितिको संयोजक तोकिएको हो ।
जसअनुसार प्रचारप्रसार समितिको संयोजकमा प्रकाशशरण महत, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद र प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा मोहनबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा अमित कार्कीलाई मनोनयन गरिएको हो।
१५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते हुनेछ।
प्रतिक्रिया दिनुहोस्