२०८१ श्रावण १२
                           

सभामुखको सञ्चार विज्ञमा न्यौपाने नियुक्त

चौतारा- सभामुख अग्नीप्रसाद सापकोटाको सञ्चार विज्ञमा सञ्चारकर्मी श्रीधर न्यौपाने नियुक्त भएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– २ फुल्पिङकोटका न्यौपाने डेढ दशक यता पत्रकारितामा क्रियाशिल छन् ।

२०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानसँग नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ । हाल देशभरका सामुदायिक रेडियोहरुको छाता संगठन अकोराबमा प्रोग्राम म्यानेजर पदमा कार्यरत न्यौपाने प्रेस संगठन नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्