२०८० चैत्र १५

कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाैष २६ , सिन्धुपाल्चोक उद्योग बाणिज्य संघकाे समन्वयमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले कर सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
आर्थिक ऐन २०७९ ले प्रदान गरेको छुट तथा सहुलियत सुविधाको बिषय र आम प्रकृयाकाे बारेमा कर अधिकृत डुन्डीराज दाहालले प्रश्ट्याएका थिए । सहभागीहरुले कर सम्वन्धि मिसम्याचकाे समस्या झेल्नुपरेको र दाेहाेराे कर तिर्नुपरेको जस्ता बिषयबस्तु उठान गरेका थिए ।  सहभागीकाे प्रश्नमा कर अधिकृतले जवाफ दिएका थिए ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको शाखा कार्यालय चाैताराकाे सभाहलमा भएकाे कार्यक्रममा कर कार्यालयका लेखापाल गाेकर्ण काेईरला र नायव सुब्बा बिजय उपाध्याय , नेपाल पत्रकार महासंघको अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको पूर्व प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ , निर्माण व्यवसायी संघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ , नगर कार्यपालिका सदस्य सानुमाया गुरुङ र चाैताराका उद्योगी तथा ब्यवसायीहरुकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रम सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको कार्यकारिणी समितिका सदस्य एवं बजार व्यवस्थापन बिभाग प्रमुख उजारसिं तामाङकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । उक्त कार्यक्रमकाे सहजिकरण उद्योग बाणिज्य संघ शाखा कार्यलय चाैताराका कार्यालय प्रमुख निर्मल बस्नेतले  गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्