२०८१ श्रावण १२
                           

बाह्रविसे मान्द्रामा ज्याङ छ्युप छ्युर्तेन उद्घाटन ;२ हजार भन्दाबढी सहभागी

बैशाख ७, सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका ६ मान्द्रा स्थित थाङसिङपोलेमा खेन्पो रिन्पोछे साङ्गे राङ्ज्युङले ज्याङ छ्युप छ्युर्तेन दिप प्रज्वलन गरी उद्घाटन गरेका छन् ।

बिहिबार ज्याङ छ्युप छ्युर्तेनको प्राण प्रतिष्ठान गरिएको हो । यस धार्मिक कार्यक्रममा बौद्ध धर्मका लामा गुरुहरुले पूजापाठ, ह्राब्ने गरिनुका साथै, वाङ तथा प्रसाद ग्रहण गरिएको थियो ।

कार्यक्रममा २ हजार भन्दाबढी मानिसहरु सहभागी थिए । उनिहरुलाई बौद्ध धर्मका श्रद्धेय गुरु खेन्पो साङ्गे राङ्ज्युङले धार्मिक प्रवचन तथा आर्शिवाद दिएका हुन ।

छ्युर्तेन निमार्ण गर्दा दिनदिनै पुण्य कमाउने बताउदै खेन्पो साङ्गे राङ्ज्युङले प्राण प्रतिष्ठान गरिसकेको र सहयोगी भावना भएकाहरुको कारण निर्माण भएको छ्युर्तेनमा म्ह नि घुमाउन र कोरा गर्न स्थानीयलाई सुझाव दिए ।

वि.सं २०६७ देखि स्थापना भएको ज्याङ छ्युप छ्युर्तेन स्तुपा भुकम्पका कारण भग्नावशेष अवस्थामा थियो । हालै स्थानिय, विभिन्न संघसंस्था लगायतको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएको रमेश शेर्पाले बताए ।

यस छ्युर्तेन पुन निमार्ण गर्न महत्वपुर्ण भुमिका खेल्नुभएका शेर्पा छ्युर्तेन निमार्ण तथा ब्यवस्थापन समितिका अध्यक्ष पनि हुन ।

यो ठाउँ धार्मिक स्थलको रुपमा विकास भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने शेर्पाको विश्वास छ । आफुले यस ठाउँलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिएको र नयाँ पुस्तालाई जानकारी दिन पनि मदत मिल्ने शेर्पाको भनाइ थियो ।

यसैबीच छ्युर्तेन उद्घाटनमा पुग्नुभएका बाह्रविसे नगरपालिका मेयर बाल कृष्ण बस्नेतले १७ लाख सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

यस कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत, पूर्व वन तथा वातावरणमन्त्री सरेस नेपाल, प्रतिनिधिसभा सदस्य माधव सापकोटा, बाह्रविसे नगरपालिका मेयर बाल कृष्ण बस्नेत, पूर्व मेयर निमफुञ्जो शेर्पा , भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा, उपाध्यक्ष दिनेछ शेर्पा , जनप्रतिनिधि र स्थानिय सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्