२०८३ जेष्ठ २२

राप्रपा उम्मेदवार गोपीकृष्ण चौलागाईं रास्वपा प्रवेश

मेलम्ची/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका गोपीकृष्ण चौलागाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

मेलम्ची नगरपालिका वडा नं. १ निवासी चौलागाईं पेशाले इन्जिनियर हुन्। उनले गत प्रतिनिधि सभा निर्वाचनमा राप्रपाबाट उम्मेदवारी दिएका थिए।

निर्वाचनमा उनले राप्रपाबाट १,६८१ मत प्राप्त गरेका थिए।

रास्वपामा प्रवेश गर्दै चौलागाईंले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै पारदर्शिता, सुशासन र विकासका लागि आफूले नयाँ राजनीतिक यात्रा सुरु गरेको बताएका छन्।

रास्वपाका स्थानीय नेताहरूले चौलागाईं जस्ता प्राविधिक पृष्ठभूमि भएका व्यक्तिको आगमनले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

उनको पार्टी परिवर्तनसँगै सिन्धुपाल्चोकको राजनीतिक वृत्तमा नयाँ समीकरणको चर्चा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्