२०८१ जेष्ठ ४

बिन्जेलमा महिला सामुदायीक भवनको शिलान्यास

वैशाख १८, सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिकाको वडा नं ४ स्थित बिन्जेलमा महिला सामुदायीक भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले  भवनको शिलान्यास गरेकी हुन् ।

बिन्जेलमा निर्माण हुनलागेको समाज सुधार महिला सामुदायिक भवनको शिलान्यास पछि आयोजित कार्यक्रममा भवन बहुउपयोगी हुने अमृताले  विश्वास व्यक्त गरिन् ।

उक्त सामुदायिक भवन निर्माणका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट बीस लाख बजेट विनियोजन भएको छ । क्रमागत रुपमा भौतिक मन्त्रालयले भवन निर्माण सम्पन्न गर्नेछ ।

भवनमा हल सहित ७ कोठा हुने भवन डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्