२०८२ असार २४

चौतारा क्याम्पसले पायाे गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र

चाैतारा,३ फागुन
सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र पाएकाे छ । बिहीबार एक कार्यक्रमका बिच अनुदान आयोगको कार्यकक्षमा अनुदान आयोगका अध्यक्ष प्रा. डा. देव राज अधिकारीले चौतारा बहुमुखी क्याम्पसलाई प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाण प्रदान गर्नुभएको क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले जानकारी दिनुभयो।

क्याम्पस प्रमुख दंगालका अनुसार प्रत्यायन (क्यूएए) प्रमाणीकरण भएसंगै अब चौतारा बुहमुखी क्याम्पसबाट प्रदान गरिने सर्टिफिकेट अन्र्तराष्ट्रय मान्यता प्राप्त हुनेछ ।क्याम्पसमा स्नातक तहका एक विद्यार्थी उत्र्तिण भएसंगै प्रतिव्यक्ति बार्षिक ३५ हजारको दरले अनुदान आउने उहाँको भनाइ छ।

साथै गुणस्तरीय शिक्षा प्रदान गर्नमा चौतारा बहुमुखि क्याम्पस अब्बल रहेको यसले प्रमाणित पुष्टि गरेकाे छ । उक्त समारोहमा अनुदान आयोगका पदाधिकारीहरु, क्याम्पस संचालक समितिका अध्यक्ष गम्भिर लाल श्रेष्ठ क्याम्पस संस्थापक कृष्ण राज श्रेष्ठ, नगर पालिकाका सामाजिक बिकास समितिका संयोजक एवम १३ नं० वडाध्यक्ष राम प्रसाद गौतम लगायत क्याम्पस संचालक समितिका सदस्यहरु, क्याम्पसका प्राद्यापकहरु, क्याम्पस एलुम्नाईका पदाधिकारीहरको उपस्थिति रहेकाे थियो।


विद्यार्थी सङ्ख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएका लगायत तोकिएको मापदण्ड पूरा गरेका कलेजलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्