चौतारा/ नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन सिन्धुपाल्चोकको चौधौँ अधिवेशनबाट जगतप्रसाद चौलागाईं अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशनले उपाध्यक्षमा सोमबहादुर कार्की, सचिवमा हरि श्रेष्ठ, सह–सचिवमा धनमान तामाङ, कोषाध्यक्षमा रामप्रसाद नेपाल तथा सह–कोषाध्यक्षमा पार्वती फुयाँललाई निर्विरोध निर्वाचित गरेको छ। सदस्यहरूमा रूपक पुरी, बिना रोक्का, सन्तोष भण्डारी, राजेन्द्र भट्टराई र वाङदोर्जे तामाङ चयन भएका छन्।
चौतारामा सम्पन्न अधिवेशनको उद्घाटन सत्र नेपाल लेखापढी कानुन व्यवसायी संघका केन्द्रीय अध्यक्ष सिताराम दाहालको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा उनले लेखापढी कानुन व्यवसायीहरूले नागरिकलाई कानुनी सेवा पुर्याउन खेल्दै आएको भूमिकाबारे चर्चा गरेका थिए।
कार्यक्रमकै अवसरमा लेखापढी व्यवसायीबाट अधिवक्तामा नाम दर्ता गराएका माधवप्रसाद ढकाल, गोमा घले र प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो। साथै संस्थाको नेतृत्व गर्दै योगदान पुर्याएका पूर्व अध्यक्षहरू रामप्रसाद गौतम, हिराप्रसाद नेपाल, इन्द्रलोचन धिताल र रामकृष्ण श्रेष्ठलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।
अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले संगठनलाई व्यवस्थित गर्दै पेशागत हित, क्षमता अभिवृद्धि र सेवाग्राहीप्रति उत्तरदायी कार्यशैलीलाई प्राथमिकता दिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्