२०८१ श्रावण १२
                           

कोरना भाइरस (COVID-19) विरुद्ध माननीय मन्त्रीबाट अपिल। (भिडियो सहित)

कोरना भाइरस (COVID-19) विरुद्ध माननीय मन्त्रीबाट अपिल। (भिडियो सहित)

कोरोना भाइरस, कोभिड १९का कारण आज सिंगो विश्वनै समस्याग्रस्त छ । यस सन्दर्भमा नागरिकलाई स्वास्थ्य सेवा दिन अहोरात्र खट्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मि, यस कार्यमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, सरकारका पदाधिकारी एवं जनप्रतिनिधी, स्वयंसेवी भावनाले कोभिड १९ बिरुद्धको अभियानमा सरकार संगसंगै आफ्नो नागरिक कर्तव्य पालना गर्दै जनचतेनामूलक सन्देश प्रवाह लगायत विविध कार्यमा संलग्न सबै व्यक्तित्वप्रति सलाम अर्पण गर्दछु । बाहिरी देशबाट वा देशभित्र एक ठाउबाट अर्को ठाउमा वा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नफैलियोस भनेर सरकारले लकडाउन आव्हान गरेको हो । अत ः यसबाट बच्न सडकमा नदेखिएर मात्र पुग्दैन, आफन्त, छिमेकी वा अरु कसैसंग पनि सकेसम्म नछोइएर २ मिटरको दुरि कायम राख्नुपर्छ । सावुन पानि वा स्यानिटाइजरले हात निरन्तर सफा राख्ने, आवश्यक ठाउमा मात्र उचित तरिकाले मास्क लगाउने, अत्यावश्यक बाहेक भेटघाट वा यात्रा गर्दै नगर्ने लगायतका सरकारले आव्हान गरेका सबै कुरालाई कडा फौजी अनुसासनका रुपमा बुझेर पालना गर्नुपर्दछ । सिंगो नेपालीको साझा प्रयासबाट मात्र यस भाइरसको जोखिमबाट हाम्रो राष्ट्लाई बचाउन र अन्तराष्टिय समुदायलाइ सहयोग पुर्याउन सकिन्छ ।
सिंगो देशलाई लकडाउन गरेर नेपाल सरकारले एकदमै राम्रो कार्य गरेको छ, अब हामीले पनि आफूलाइ आफैले नियन्त्रण गरौं, तपाई विदेशबाट आउनु भएको छ, वा विदेशबाट आएको व्यक्तिसंग भेटघाट गर्नुभएको छ भने, स्वास्थ्य परिक्षण गराउनुहोस्, लुकेर यो रोगबाट बच्न सकिन्न । हाम्रो सानो कमजोरीले समुदायस्तरमा संक्रमण फैलियो भने धेरै ठूलो जनधनको क्षति हुने कुरा हामी सबैले बुझौं र होम क्वारेण्टाइनमै बसेर, अध्ययन र चिन्तन गरौं कि छिट्टै कोरोना भाइरस कोभिड १९ माथि विश्वले नै विजय प्राप्त गर्नेछ, त्यसपछि हामी के गर्ने ?
संघ, प्रदेश र स्थानीय तहको सरकारले अहिले नै बागमति प्रदेशमा मात्र ११४७ आइसोलेसन र ३०० आइसियू गरि १४४७ शैय्या क्षमताको कोभिड १९को उपचार गर्ने विभिन्न अस्पतालहरुको व्यवस्था गरेको छ, र यससंग सम्बन्धित स्वास्थ्य औजार, उपकरण न्युनतम छ र अधिकतम व्यवस्था हुनेछ, तर कल्पना गरौं हामी बागमति प्रदेशमा मात्र १४४७ बेडमा भरिने गरि संक्रमित भेटियौं भने के होला ? तसर्थ आम नागरिकमा म पुन आव्हान गर्दछु, कोरोना भाईरसको संक्रमण फैलियो भने हामीले गुमाएका धेरै चिज पछि प्राप्त गर्न सक्ने छैनौं, तर यसमाथि विजय प्राप्त गर्न सक्यौं भने अहिले थाति रहेका कार्यहरु पछि गर्न सक्छौं, ठूला ठूला प्रगति पनि गर्न सक्नेछौं । सचेत रहौं, भ्रमित नहोऔं, भ्रमपूर्ण समाचारहरु प्रेसण नगरौं, सहि समाचारहरु प्रेषण गरौं र लागू गरौं । आफू पनि बचौं र अरुलाई पनि बचाऔं । यहाहरु सबैको स्वास्थ्य लाभको कामना सहित क्वारेण्टाइन अवधि एक रात जस्तो छोटो अनुभूति होओस् । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्