२०८२ बैशाख १६
                           

फोनिज सिन्धुपाल्चोकको आयोजनामा पत्रकारिता तालिम

चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाउँपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोक शाखाले आयोजना गरेको आधारभूत अनलाइन पत्रकारिता तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिममा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले पत्रकारितामा सिकेका कुराहरू व्यावहारिक रूपमा लागू गर्ने, आफ्नो गाउँघरका घटनाहरू जनमानसमा पुर्याउने महत्वपूर्ण भूमिका निभाउन आग्रह गरे। नगर प्रमुख र अध्यक्षले आगामी दिनमा नगरपालिका र गाउँपालिकाले पत्रकारिता क्षेत्रलाई अझ सहयोग पुर्याउने प्रतिबद्धता पनि जनाए।

तीन दिने तालिममा प्रशिक्षकका रूपमा सुन्दर शिरिष , दीपक खत्रि र रविन्द्र श्रेष्ठ र ले समाचार संकलन, लेखन, सम्पादन, रिपोर्टिङ, फोटो र भिडियो पत्रकारिता, साथै सामाजिक सञ्जालको सदुपयोगका विषयमा प्रशिक्षण दिएका थिए।

समापन कार्यक्रममा फोनिजका अध्यक्ष कमला पाख्रिनले पत्रकारिता मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि सत्य, निष्पक्ष र वस्तुनिष्ठ समाचार लेखनको महत्त्व औंल्याउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताइन्।

तालिममा सहभागीहरूलाई कार्यक्रम उपयोगी भएको र भविष्यमा यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ। आयोजक संस्थाका अनुसार यस तालिमले नयाँ पुस्तालाई पत्रकारिताको मुलधारमा ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्