२०८१ श्रावण १२
                           

नगर गौरवको योजना :दिर्घकालिन योजनामा यि सडक परेनन्

चौतारा , १० असार – देशभरका ७ सय ५३ वटै स्थानीय तहले आईतबार आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट सार्वजनिक गर्नुपर्ने बाध्यता छ । सिन्धुपाल्चोकका स्थानीय तहले पनि धमाधम आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिरहेका छन् ।

यसै सन्दर्भमासिन्धुपाल्चोकमा २०५१ सालमा शुरू भएको मेलचौर,पोखरे, चिलाउने, कदमबास, भैसे सडक (हाईवे) अरनिको कोदारी राजमार्ग संग जोडिएको सदरमुकाम चौतारा आवतजावत गर्न निकै छिटो दुरी हुन्छ । जसमा १३ कि.मी. बाटो जुन सडक सदरमुकामबाट पूर्वी भेगिय क्षेत्र बाह्रबिसे–तातोपानी, मांखा, खाडीचौर, मुडेदेउराली, ठूलोपाखर,तौथली,बलेफी लगायतका क्षेत्रलाई समेटीन्छ ।

तर स्थानीय तहले यी सडकको लागी आगामी आर्थिक वर्ष ०८०–८१ को निति तथा कार्यक्रमको प्रमुख प्राथमिकतामा भने परेका छैनन् । मेलचौर–भैसे सडक आम नागरिकको लाईफ लाइनसंग जोडिएको सडक पनि हो ।

चोैतारा सागाचोकगढी नगरपालिका वडा नं.७ मेलचौर, वडा नं. ८ पोखरे,नुनडाडा,चिलाउने, वडा नं. ९ गोर्सु सुत्केरी ढुंगा, कदमबास र भैंसे बलेफी गाउपालिका पुगेर टुंगिएको छ जहाँ अरनिको राजमार्ग संग जोडिन्छ। बजेट परे पनि दिर्घकालिन योजनामा यि सडक परेका छैनन् ।स्थानीयको प्रश्न छ , किन पछाडी पारिदै छन् ?

सदरमुकाम जोड्ने छोटो दुरीका सडकको दिर्घकालिन योजनामा नपरेको स्थानीयको गुनासो छ । मेलचौर, चिलाउने, कदमबास, भैंसे सडक सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ र २ मा जोडिन्छ । चौतारा सागाँचोकगढी नगरपालिकाले आर्थिक बर्ष २०८०÷८१को लागि १ अर्ब २४ करोड ५२ लाख बजेट सार्वजनिक गरेको छ ।

चौतारा नगरले नीति तथा कार्यक्रममा कृषि तथा पशुन्छी विकास ,रोजगार ,स्वास्थ्य,शिक्षा ,पर्यटन , भौतिक पूर्वाधारलाई नीति तथा कार्यक्रमको विशेष प्राथमिकतामा राखेको छ । नगर गौरवका योजनाका लागी १ करोड विनियोजन गरीएको छ । पुर्वाधार तर्फ सिंचाई खानेपानी तथा सरसफाई समेतलाई गरी ८ करोड बजेट बिनियोजन गरीएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्