२०८१ श्रावण १२
                           

नेपाल मगर संघ जिल्ला अध्यक्षमा मोहन थापा

सिन्धुपाल्चोक ,२२ माघ

नेपाल मगर संघ जिल्ला समन्वय समिति सिन्धुपाल्चोककाे छैठौ जिल्ला अधिवेशन बाट अध्यक्षमा मोहन थापा मगर सर्वसम्मत् चयन भएका छन् । नेपाल मगर संघ केन्द्रिय समितिकाे अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिका -१० फलामेमा भएको अधिवेशनमा उपाध्यक्षमा हुम बहादुर थापा मगर महिला उपाध्यक्षमा आश्मा राना मगर सचिव कमल थापा मगर सह सचिव काजी थापा मगर कोषअध्यक्ष निर्मला थापा मगर सह कोषअध्यक्ष उमेश जर्घा मगर सदस्यहरुमा ललित राना मगर केशव आले मगर महेश थापा मगर विष्णु दर्लामी मगर संगम बूढा मगर राजकुमार थापा मगर पूर्ण बहादुर थापा मगर कौशिला थापा मगर सरिता थापा मगर नबिना थापा मगर लगायत २४ सदस्यिय कार्यसमिति चयन भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुन मगरले मगरहरूको भाषा भेषभुषा संस्कार संस्कृतिकाे संरक्षणमा विशेष गरी मगरहरू नै लाग्नुपर्ने बताए । मगरहरू पनि शाखा अधिकृत नासु खरीदार जस्ता प्रमुख पदहरूमा काम गर्दै गएको र आगामी दिनमा झन् सङ्ख्या बढाउनकाे लागि शाखा अधिकृतकाे कक्षा सञ्चालन भइरहेको बताउँदै नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बाह्रविसे नगरपालिका १ घोर्थलीको सरिता थापा मगरलाई स्नातकोत्तर उतिर्ण गरेकोमा सम्मान व्यक्त गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम सचिव कमल थापा मगरले सञ्चालन गरेको थियो भने हुम बहादुर थापा मगरकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्