२०८१ चैत्र ११
                           

घरघर पुगेर सहिद परिवारलाई सम्मान

जुगलखबर/चाैतारा
माओवादी जनयुद्धमा सहिद र वेपत्ता भएका व्यक्तिको परिवारलाई घरघरै पुगेर सम्मान गरिएको छ । सहिद सप्ताहकाे सुरुवातमै चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं २ र ३ का सहिद परिवारलाई सम्मान गरिएको हाे ।

माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ समन्वय समितिका संयाेजक टिएन सापकोटा नेतृत्वमा गएको टिमले सहिद र वेपत्ताका परिवारलाई दाेसल्ला ओढाएर सम्मान गरेकाे हाे । उनीहरूलाई पार्टीको चिनाेस्वरुप पानी पिउने करुवा पनि प्रदान गरिएको छ ।

सहिद गणेशबहादुर थापा, बिष्णु पराजुली,बाबुकाजी ढुंगाना, होमनाथ ढुंगाना र वेपत्ता पारिएका ,गेद बहादुर बस्नेतका परिवारलाई घरमै गएर सम्मान गरिएको छ । सहिद परिवारलाई सम्मान गर्दै नेता सापकोटाले सहिद र वेपत्ता याेद्धाकाे सपना साकार पार्न माओवादी केन्द्र पुनः एकपटक जनताको चाहनाबमाेजिम आवश्यक संघर्षमा अघि बढ्न लागेकाे बताए ।

कतिपय गल्ती सच्याएर पार्टी जनतासामु आएको उनले दाबी गरे । सम्मान कार्यक्रममा वाइसीएल सिन्धुपाल्चोक प्रमुख सुमित काफ्लेलगायत गाउँघर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्