२०८१ श्रावण १२
                           

जुगलले ल्यायाे अध्यक्ष शैक्षिक कोष छात्रवृत्ति कार्यक्रम

सिन्धुपाल्चोक ,२८ असार

जुगल गाउँपालिकाले अध्यक्ष शैक्षिक कोष छात्रवृत्ति कार्यक्रम संचालन गरेकाे छ । बिहीबार एक कार्यक्रमकाबिच जुगल गाउँपालिकाकाे टिमले साे कार्यक्रमकाे सुरुवात गरेका हुन् ।अध्यक्ष रेशम स्याङ्बोले आफु निर्वाचित भएपछि घोषणा गरे बमोजिम आफुले पाउने भत्ता नलिइ सो रकमको अध्यक्ष शैक्षिक कोष संचालन गरेकाे उहाँले बताउनुभयो ।

कोषबाट गरिबी रेखा मुनि रहेका प्राबिधिक शिक्षा अध्ययनरत तथा जेहेन्दार २३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष स्याङ्बाेले बताउँनु भयाे।

जुगल गाउँपालिका अध्यक्षको कार्यकक्षमा सबै लाभान्वित विद्यार्थीहरुलाई कोषका अध्यक्ष तथा जुगल गा पा अध्यक्ष रेशम श्याङ्बो र उपाध्यक्ष हिमाल श्रेष्ठले चेक बितरण गर्नुभएकाे हाे ।

जुगल गाउपालिकाले सबै बिद्यार्थीहरुलाई हार्दिक बधाई र उज्ज्वल भविस्यको शुभकामना  दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्