२०८१ श्रावण १२
                           

दुर्घटना न्युनिकरणका लागि अन्तरक्रिया

अर्जुन शर्मा
विगत तीन महिना भित्र जिल्लामा भएको सडक दुर्घटनाका कारण ठूलो मानवीय क्षेती भएको हुंदा सडक दुर्घटना न्युनिकरणका लागि आज सरोकार निकायहरु वीच अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको उक्त कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, यातायात व्यवसायी, रेडक्रस प्रतिनिधि, पत्रकार राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा चौतारा नगरपालिकाका प्रमुख अमानसिं तामाङले हाल भइरहेका सडक दुर्घटनाले सिन्धुपाल्चोकको परिचय नै परिवर्त गरेको र यसको असर भ्रमण बर्ष २०२० लाई पनि असर गर्ने हुँदा यसलाई मध्यनजर गर्दै कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुखले प्रहरीले मात्रै सक्रियता देखाएर दुर्घटना न्युनिकरण नहुने भन्दै यात्रु स्वयम सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै जिल्ला ट्राफिक कार्यालय अधेरीका प्रमुखले ट्राफिक कार्यालय दुर्घटना न्युनिकरणका लागि प्रभावकारी कार्यक्रमहरु संचालनमा ल्याएको र अझै प्रभाबकारी ढंगले लाग्ने बताउनुभयो ।
उक्त कार्यक्रममा जिल्लामा लगातार घटीरहेको सडक दुर्घटनाले कहालीलाग्दो मानवीय क्षेती भईरहेकोमा दुःख व्यक्त गर्दै सडक दुर्घटना हुनुमा सडकको अवस्था, गाडीको यान्त्रीक अवस्था, चालकको मानसिक तथा शारीरिक अवस्था र यात्रुको वाध्यकारी अवस्था प्रमुख रहेको निष्कर्ष निकाल्दै आगामी दिनहरुमा दुर्घटनालाई न्युनिकरण गर्न सरोकार निकाय सबै संवदेनशील भई लाग्नु पर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्