२०८१ श्रावण १२
                           

तातोपानी भन्सारबाट लक्ष्य भन्दा दोब्बर भन्दा बढि राजश्व सङ्कलन

साउन ७, चीनसंगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा ३ अर्व ४२ करोड राजश्व सङ्कलन भएको छ । यो लक्ष्य भन्दा दोब्बर भन्दा बढि हो । कोरोना माहामारी, बाढी पहिरो तथा चीनबाट सामग्री आयतमा कमी लगाएत विविध समस्याका बाबजुत गत आर्थिक बर्षको असार सम्म दोब्बर भन्दा बढि राजश्व सङ्कलन भएकोे तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार लक्ष्य १ अर्व ४६ करोड रहेकोमा ३ अर्व ४२ करोड अर्थात २३३ प्रतिशत राजश्व उठेको हो । सामन आयत, मापदण्डको पालना र व्यावसायीलाई प्रशिक्षण दिएको लगाएतका कारणले सोचेको भन्दा राम्रो भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाई छ । त्यस्तै भन्सारले अबलम्बन गरेको शिघ्र जाँचपासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धीको पाटो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ ।
सङ्कलित मध्ये मासिक औसत ३० करोड रहेको छ । अघिल्लो आर्थिक बर्ष लक्ष्य ४ अर्व ५० करोड रहेकोमा १ अर्व २ करोड उठेको थियो । आगामी बर्ष भने लक्ष्य ४ अर्व ६२ करोड रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरू आउनेक्रम निकै कम छ ।

मेशिनरी, रोलकपडा तथा स्याउ लगाएत बस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले ८ सम्म कन्टेनर आउने गरेको उहाँले बताउनुभयो । प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरुको अनुपातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेशिनरी उपकरणहरु आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्