२०८१ पुष २९
                           

जलवायुको असर कम गर्न आइ इ ए लाई हेरेर काम गरौँ – मूख्यमन्त्री लामा

सि न्धुपाल्चोक । बागमती प्रदेश सरकारका मूख्य मन्त्री बहादुर सिं लामाले भौतिक पूर्वाधार र अन्य बिकास निर्माणको काममा आइ इ ए प्रोफाइल अनुसार हेरेर काम गरिनुपर्ने बताएका छन् । त्यसको लागि सवै पक्षहरु जिम्मेबार भएर लाग्नुपर्नेमा उनको जोड छ ।
जलवायु सम्मेलन २०८१ को अवसरमा सिन्धुपाल्चोकको गुफाडाँडा पुगेको लामाले उक्त कुरामा जोड दिएका हुन् । लामाले प्राकृतिक बिपत्तिहरु जलवायु परिवर्तनको एक असर भएको तर्क गरेका छन् ।
बिकास निर्माणको कामलाई चुस्त बनाई प्रभावकारी कार्यन्वयनको लागि प्रदेश सरकारले धेरै योजनामा बहुबर्षिय बनाएको बताए । उनको बिकासलाई कहिल्यै पनि भोटसंग तुलना गर्न नहुने तर्क रहेको थियो । लामाले जोड दिदै भने ̎भोटसंग बिकास होइन बिकाससंग भोट उसै हुन्छ ” त्यसैले नेताहरुले त्यसबारे आफुलाई सुधार्नुपर्ने उनको तर्क छ ।
पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले गुफाडाँडालाई चियावगानको रुपमा बिकास गरि हिमाल हेर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । २०७५ सालमा तत्कालिन जिल्ला समन्वय समितिको प्रमुख कृष्णगोपाल तामाङले १० बुधे घोषणापत्र जारी गरि दिवश मनाउने कार्यको सुरुवात गरिएको बताए । उनले कार्यक्रम निरन्तरता दिएकोमा मेलम्ची नगरपालिकालाई धन्यवाद व्यक्त गरे ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले
जलवायुको सन्दर्भमा बिचार र विमर्श गर्ने समय आएको बताए । त्यसको लागि भविस्यमा जलवायूको रक्षाको लागि साझा धारणा र एकीकृत कार्यक्रम आवश्यक छ भने ।
वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाले देशको ठुला दई दलले सरकार सञ्चालन गरिरहेको बताउँदै यसमा कुनै गडबढी भए शैनिक शासन आउन सक्ने संकेत गरे ।

जलवायूको बिश्वव्यापी बिषय बनेको र नेपाल पनि वातावरणीय विषयमा पक्षराष्ट्रको रुपमा रहेको तर्क गरे । असोज ११ र १२ को बाढी पहिरो जलवायु परिवर्तनको असर र मेलम्चीको भोगाईको वारेमा गम्भीर ध्यानाकर्षण भएको तर्क गरे । उनले आगामी दिनमा प्रदेश क्याबिनेट गुवाडाँडामा गर्न मूख्यमन्त्रीको ध्यानाकर्षणसमेत गराए । उनले मानिसको जीवनशैली वातावरणमैत्री बन्नुपर्नेमा जोड दिए ।
प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री निमा लामाले नेपालले जलवायुको बारेमा पक्ष राष्ट्रहरु बिचमा बहस सुरु भएको बताए । जसको लागि लुजलबायु सम्वन्धि सहमति समेत गर्ने कार्यमा आफुले भाग लिएको सुनाए । उनले २०७८ सालको भेमाथनङको पहिरो जलवायु परिवर्तनको असर हो भने । गुफडाँलाई बिपद्को समयमा सुरक्षित स्थान र पर्यटकीय रुपमा उपयुक्त स्थल भएको तर्क गरे । लामाले बिपद , पर्यटन र जलवायु परिवर्तनको सवालमा प्रदेश सरकारको धयानाकर्षण गराए । उनले बढ्दै गएको साँस्कृतिक बिचलनको बारेमा पनि गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताए ।
प्रदेश साँसद कृष्णकुमार तामाङ समिरले सात वटा योजनाको लागि तत्कालीन भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालसंग समन्वय गरि ३७ करोडको बजेट सुनिश्चित गरिएको बताए । उनले मेलम्ची गुफडाँडा सडक निर्माणका लागि विशेष प्राथमिकतामा राखि रकम पार्नका लागि मूख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

कार्यक्रममा वालसुधार माविको मेरो पनि होइनर यो देश गीतमा प्रस्तुत नृत्य र
प्रगति अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययनरत बिद्यार्थीहरुले प्रस्तुत गरेको आकर्षक राउटे संस्कतिको नृत्यले थप मनोरञ्जन प्रदान गरेको थियो ।
साथमा जेष्ठ नागरिक समूहको भजन किर्तनको नृत्य, तामाङ समुदायको झाँकी र जादुगर महादेब त्रिपाठीको जाधु कलाले कार्यक्रमलाई रोचक बनाएको थियो ।
हाँस्यकलाकार चिरञ्जीवी पुडासैनी धतुरेले गुफाडाँडामा जलवायु सम्वन्धि अन्तरास्ट्रिय सम्मेलन गर्न माग गरे ।
दिवश कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामा र तालामाराङमा जन्मिएका वागमती प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा कार्यरत डाक्टर गंगादत्त नेपाल सम्मान गरिएको थियो ।
साथमा गत मंसिर २८ मा सम्पन्न नेपाल पत्रकार महासंघको १२ औँ अधिबेशनको निर्वाचनबाट निर्वाचित जिल्ला शाखा सिन्धुपाल्चोकको कार्यसमितिलाई प्रशंसा पत्र, फुलमालाले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्