२०८१ श्रावण १२
                           

५ दिने एड्भान्स सिलाइ कटाई तालिम सम्पन्न सीपकाे प्रयाेग गरि आत्मनिर्भर बन्न नगरप्रमुखकाे आग्रह

(२०७९ जेठ ३१ ) सीप सिकौ आत्मानिर्भर बनौ भन्ने मुल उदेश्यका साथ चौतारा साँगाचोकगढी नगरपालिका नगर स्तरिय महिला संजालको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा ४५ दिने एड्भान्स सिलाइ कटाइ तालिम समापन भएकाे छ । तालिम समापन कार्यक्रममा बाेल्दै नगरप्रमुख सापकोटाले सीप सिकेपछी त्यसलाइ व्यबहारमा लागू गर्नुपर्नेमा जाेड दिएका थिए । उनले सीप सिकेर आत्मानिर्भर बन्ने बाटोमा लाग्न आग्रह गरेका छन् ।

साथै सिपकाे प्रयाेग गरि ब्यबसाय संचालन गर्दै साेकाे निरन्तरता दिदै स्वरोजगार बन्न शुभकामना प्रदान गरेका छन् । कार्यक्रममा नगरकाे उपप्रमुख सीता थापाले तालिमकाे सुरुवाती चरणमा सबै वडाका महिला संजाल संग छ्लफल गरेर कुन सीप महिलाहरुलाई आबश्यक छ भनेर छ्लफल गर्दा एड्भान्स सिलाइकटाइ तालिम नै आबश्यक रहेकोले सबै वडाबाट एक एक जना महिलालाई छनौट गरेर शुरु गरेकाे बताईन् । उनले तालिमको लागि तालिम मात्र हैन अब हामिले प्रत्येक वडामा एक एक वटा पसल सञ्चालन गरि १४ परिवार आत्मानिर्भर बन्ने लक्ष लिनुपर्नेमा जाेड दिएकी थिईन् ।

तालिममा सहभागि पार्वती तामाङले भनिन् “हामिलाइ सीप सिकाएर आत्मानिर्भर बन्ने मौका प्राप्त गर्नुभएकोमा नगर महिला संजाल , चौतारा साँगाचोकगढी नगरपालिकालाइ बिशेष धन्यवाद व्यक्त गरिन् । नगर महिला संजालको अध्यक्ष तथा पुर्व उपमेयर जानुका पराजुलीले तालिममा सहभागिहरु आत्मानिर्भर भएको , स्वरोजगार सिर्जना भएको र नगर समृद्ध भएको हेर्न आतुर रहेकाे बताईन् । उनले नगरपालिकाको लक्ष्यलाई पुरा गर्न तपाइहरुबाट नै सम्भव भएकोले यो उदेश्यलाई आत्मासाथ गर्दै अघि बढ्न आग्रह गरिन् । नगरकाे प्रत्येक वडाबाट एक एक जना सहभागी गराई ४५ दिनसम्म नगरपालिकाकाे वडा नम्बर ७ मेलचाैर दरबारडाँडामा सञ्चालित तालिममा सहभागीहरूलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटाले प्रमाणपत्र बितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्