२०८१ आश्विन २६
                           

सिन्धुपाल्चोकमा समाजवादी मोर्चा घोषणा

१० आश्विन – सिन्धुपाल्चोकमा समाजवादी मोर्चा घोषणा गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा सम्मिलित तीन पार्टीले यस्तो घोषणा गरेका हुन् । समाजवादी मोर्चा घोषणा संगै ९ सदस्यीय मोर्चा समेत गठन गरिएको छ । मोर्चामा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द पराजुलीको पराजुलीको संयोजकत्वमा मोर्चा गठन गरीएको हो । सदस्यहरु गोविन्द खनाल, सोनाम सि, चन्द्रप्रसाद सापकोटा, कुमार राज घतानी, मोहन विक ‘सविन सि’, अम्बिका नेपाल, मान खत्री र युगिन सि रहेका छन् ।

मोर्चाले तय गरेको उद्देश्य तथा नीतिगत प्रतिवद्वताहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दैै नेपाली समाजवादका विशेषताहरु पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने लगायत ६ बुँदे प्रतिवद्वताहरु उल्लेख गरिएको छ ।

समाजवादी मोर्चा घोषणा तथा गठनको शुभारम्भ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटाले बाचन गरेर गरेका थिए ।  सापकोटाले निर्वाचनमा भाग लिएका र नलिएकाहरू बीच समाजवादी मोर्चा घोषणा गरिएको बताए ।  जिल्ला ईन्चार्ज केशव नेपालले मोर्चाले सातै प्रदेशमा प्रशिक्षण तथा संघर्षका कार्यक्रम सुरू गरिने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्