२०८१ मंसिर २३
                           

चौताराको बसपार्कको विषयमा कसैलाई मर्का नहुने निर्णय गर्छु , मेयर सापकोटा

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले एक हप्ता भित्र सम्बन्धित सबै सरोकार वालालाई बोलाएर छलफल गर्ने र बसपार्कको विषयमा ठोस निर्णय गर्ने बताए । बसपार्क व्यवस्थापन संघर्ष समिति, चौताराको ज्ञापन पत्र बुझ्दै मेयर सापकोटाले सेवाग्राहीलाई अझ कसरी बढी सुविधा दिने र सिङ्गो चौतारा बजारलाई सफा र सुन्दर कसरी बनाउने भन्ने सवालमा छिट्दै सकारात्मक ठोस निर्णय हुने बताएको हो ।

विहिबार दिउसो बसपार्क व्यवस्थापन संघर्ष समितिले चौताराले प्रशासन प्रमुख, प्रहरी प्रमुख र सम्बन्धित यातायात व्यवसायीहरूलाई ६ बुँदे माग संहित ज्ञापन पत्र बुझाएका थिए ।स्थानियले पुरानो बसपार्कलाई व्यवस्थित गर्न छोडेर गुम्बा डाँडामा नयाँ बसपार्क बनाउन थालेको प्रति असन्तिुष्टि जनाएका हुन ।

स्थानीयहरुले आज यात्रुबाहक सवारीलाई बजार प्रवेशमा रोक लगाउँदै विरोध जनाएका हुन् । साँघुरो सडकमा दिनप्रतिदिन गाडीको चाप बढ्दै गएकोले बजारी क्षेत्रमा दुर्घटना बढ्ने चिन्ताले विरोधमा उत्रन परेको उनिहरुको भनाई छ ।
सम्बन्धित निकायलाई सचेत गराउनका लागि यात्रुबाहक गाडी प्रवेशमा रोक लगाएको बसपार्क व्यवस्थापन संघर्ष समिति संयोजक रवीन्द्र श्रेष्ठले बताए

प्रतिक्रिया दिनुहोस्