२०८१ श्रावण १२
                           

चाैथाे बलेफी कप फुटबल  प्रतियाेगिता बसन्तपुरमा सुरु

सिन्धुपाल्चोक ,४चैत
चाैथाे बलेफी कप फुटबल  प्रतियाेगिता बसन्तपुर खेलमैदानमा सुरु भएको छ ।शनिबार बलेफि गाउँपालिका अध्यक्ष गँगाबहादुर तामाङले खेलकाे उद्घघाटन गर्नुभएको हाे ।

८ दिवशीय खेलमा प्रथम हुने टिमलाई १ लाख नगद सहित कप तथा मेडल र द्वितीय हुनेलाई ५० हजार नगद सहित कप तथा मेडल उपलब्ध गराईने जिल्ला फुटवल संघका अध्यक्ष अमृत मान श्रेष्ठले बताउनुभयाे।

उद्घाटनका कार्यक्रममा एन्फाका कार्यवाहक अध्यक्ष बिरबहादुर खड्का, पालिका अध्यक्ष गँगाबहदुर तामाङ , बलेफी गाउँपालिकाका वडा नंं८का अध्यक्ष रमेश तामाङ र शिक्षा शाखाका प्रमुख सलबहादुर पाण्डे लगाएतले मन्तब्य राखेका थिए।
बलेफी गाउँपालिकाकाे अायाेजनामा भएको खेलमा जिल्लाका १२ वटा पालिकाकाे टिम सहभागिता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्