२०८१ बैशाख १३

चौतारामा यसरी मनाइयो २८५६ औं सोनाम ल्होसार (फोटो फिचर)

तामाङ जातीको बाहुल्यता रहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा २८५६ औं सोनाम ल्होसार धुमधामका साथ मनाइएको छ । नगरभरिका धेरैजसो तामाङहरुको उपस्थितीमा चौताराको टुँडीखेलमा धुमधामका साथ ल्होसार मनाइएको हो ।

प्रतिनिधि सभा सदस्य एवं पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा जिल्ला सचिव दावा तामाङ एवं चौतारा साँगाचोकगढी प्रमुख अमानसिंह तामाङ सहित विभिन्न व्यक्तिहरु उपस्थित भएका थिए ।

 

 

 

 

 

भोली माघ ११ गते ल्होसारको शुभ साइत

भएपनि चौतारामा भने आजै हर्षोल्लाषका साथ ल्होसार मनाइएको हो । आजको ल्होसारका केही तस्बिर यहाँ प्रस्तुत गरिन्छ ।

(तस्बीरहरुः विजय नेपाल)

 

प्रतिक्रिया दिनुहोस्