४ मंसिर – गहुँको उत्पादन बढाउन उन्नत जातको बीउ प्रयोग गर्न कृषि विज्ञले जोड दिएका छन् । नेपालको पश्चिम तराई र पहाडका जिल्लामा गहुँ खेती धेरै गरिन्छ । देशभर ७ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिएको गहुँ खेतीबाट बर्सेनि करिब २१ लाख मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन हुने गरेको तथ्याङ्क छ ।
तर माग भने २५ लाख मेट्रिक टनको हाराहारीमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गहुँ उत्पादन बढाउन कृषि अनुसन्धान परिषद् नार्कले सिफारिस गरेका जात लगाउनुपर्ने कृषिविज्ञको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्