२०८१ श्रावण १२
                           

५ दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालीम सुरु

५ दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास कार्यक्रम पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा सुरु भएको छ । पालिका स्तरीय दलित समन्वय समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालीम १५ गते सम्म संचालन हुनेछ ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ६ का वडा अध्यक्ष नारायण भट्टराईले तालीम फलदायी हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले तालीम पश्चात क्षमताको विकास हुने भन्दै सिकेका कुरालाईव्यबहारमा उर्तान आग्रह गर्नुभयो । तालिममा कार्यपालिका सदस्य विमला बिक,वडा नम्बर ६ का वडा सदस्य वुद्वकुमारी बिक,रिममाया बिक,समितिको पुर्व अध्यक्ष दिपक परियार,पुर्व सचीव धनबहादुर बिक लगायतको उपस्थिति रहेको थियो ।

तालिममा दलित महिला वडा सदस्य लगायत पालिकाका ८ वडाका ३० जनाको सहभागिता रहेको छ ।तालिमको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहजीकरण गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्