२०८१ आश्विन २६
                           

चौतारा साँगाचोकगढी ७ बालमैत्री वडा घोषित

निर्मल बस्नेत – २९ भाद्र, चौतारा । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ लाई बालमैत्री वडा घोषणा गरिएको छ । ६० औ वालदिवशको अवसरमा वडाले ५१ वटा सुचकहरु पुरा गरि वालमैत्री वडा घोषणा गर्न सफल भएको हो ।
वालमैत्री वडा घोषणाको लागि बाल बचाउ, वाल संरक्षण, वालबिकास, वाल सहभागिता र संस्थागत बिकास गरि ६ वटा समूहको ५१ वटा सुचकमा अंकभार १ सय लाई आधार बनाएको वडा सचिव सरुपसिं तामाङले जानकारी गराए ।

वालमैत्री वडा घोषणाको प्रतिबद्धता पत्रमा नगरप्रमुख, उपप्रमुख लगायत सवैले हस्ताक्षर गरेका छन् । वडाको कुल ९ सय ५४ घरधुरीका १३ सय ८३ जना वालवालिका रहेका छन् । वडाको सिद्धिगणेश मावि, ज्ञानमन्दिर नमुना मावि, कल्लेरी आवि र नवज्वती वालबिकास केन्द्रमा गरि जम्मा ८ सय ७१ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
नगरभित्रका बिबिध कारणले समस्यामा परेका बालवालिकाहरुलाई शिक्षाको वातावणबाट टाढा हुन नदिन स्थापना गरेको शहीद स्मृति वालग्राम पनि सोही वडाको दरवारडाँडामा रहेको छ । उक्त वालग्राममा २० जना वालवालिका आवाससहितको सुबिधा लिएर ज्ञानमन्दिर नमुना माविमा अध्ययन गर्दै आइरहेका छन् ।


नगरको हकमा यसभन्दा अगावै वडा नम्बर १३ ठुलोसिरुवारी घोषित भईसकेको छ । उक्त वडा सिन्धुपाल्चोक जिल्लामा पहिलो बन्न सफल भएको थियो । मेलम्ची नगरपालिका वडा नम्बर ८ ले यस अघि नै घोषणा गरसकेको छ । र, उसले दोस्रो स्थान र चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ७ अव जिल्ला मै तेस्रो बनेको छ ।


नगरप्रमुख कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमका बिच वडालाई बालमैत्री वडा घोषणा गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै सापकोटाले वालमैत्री वातावरण तयार गर्न खटिने सवैलाई धन्यवाद व्यक्त गरे । उनले भने “नगरलाई समृद्ध बनाउने बिभिन्न आयमहरु मध्ये एक वालमैत्री अवस्था पनि हो ।” सापकोटाले आगमी दिनमा यसको प्रभावकारी कार्यन्वयनको लागि सवैको दायित्व रहने बताए ।
उपप्रमुख सीता थापाले नगरको मूल मर्मलाई आत्मसाथ गर्न वडा नम्बर ७ ले सघाएको भनि । आगामी दिनहरुमा कुनै खालको वालअधिकार हनन हुने क्रियाकलाप हुन नदिन सवै सरोकारवाला पक्ष लागि पर्नुपर्ने बताइन् ।
समारोहमा बिभिन्न क्षेत्रका बौद्धिक तथा सामाजिक व्यक्तिहरुले सफलताको शुभकामना व्यक्त गरेका थिए । वडाले प्रकासनमा ल्याएको वालवालिका स्थिति २०८१ को नगरप्रमुख र उपप्रमुखको हातबाट सार्वजनिक गरिएको थियो । उक्त संगालोको बारेमा वालमैत्री वडा घोषणा सहजिकरण उपसमितिका संयोजक राजकुमार यादवले प्रष्ट्याएका थिए ।

वडाको अभियानमा सहयोग गर्नेहरु शिक्षा, स्वास्थ्य, वन , खानेपानी लगायतका सवै क्षेत्रमा कृयासिलहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा हास्यकलाकार घनश्याम तिमल्सीनाको हाँस्यव्यङ्ग्य प्रस्तुती, स्थानीय नेवारी धिमेवाजा, बिद्यार्थीहरुको गीत तथा नृत्यको प्रस्तुतीले कार्यक्रमलाई मनोरञ्जन प्रदान गर थप प्रभावकारी बनाएको थियो । साथै साहित्यकार बिनोद श्रेष्ठको कबिता बाचनले सवैलाई मद्रमुक्त बनाएको थियो ।
वालमैत्री वडा घोषणा समारोहमा नगर सल्लाहकार चन्द्र सापकोटा, सामाजिक शाखा संयोजक रामप्रसाद गौतम, वडा नम्बर ९ का अध्यक्ष बिमल श्रेष्ठ, १० नम्बरका वडाध्यक्ष निल बहादुर तामाङ, १२ का नेपाल र वडाभित्रका वालवालिकाहरुको साथमा बिभिन्न बिद्यालय, वन, स्वास्थ्य, खानेपानी, महिला समूह, आमा समूह, सहकारीका जिम्मेवार व्यक्तिहरु, वालअधिकार अभियान्ता, सञ्चारकर्मी तथा वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


सिद्धिगणेश माध्यमिक बिद्यालयका शिक्षक तिलक दंगालको उद्घोषणमा भएको आकर्षक कार्यक्रमको सभाध्यक्ष वडाध्यक्ष डम्मर बहादुर तामाले गरेका थिए । कार्यक्रममा आमन्त्रीत अतिथिहरुलाई वडाअध्यक्ष तामाङले वडाको पर्यटकीय स्थल, भुतछाँगा, भदौरे गणेश र पालेथुम्केडाँडामा निर्मीत बाघको चित्राङ्कित मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्