२०८१ श्रावण १२
                           

हेलम्बुबासीलाई आफ्नै आगनमा नागरिकता

हेलम्बु, ११ असोज ।
स्थानीयलाइ सेवामा सहज हुने उद्देश्यले हेलम्बु गाउँपालीकाले एकिकृत घुम्ती सेवा सञ्चालन गरेको छ । स्थानीयको सेवामा पहुँच पुग्ने गरि पालीकाले एकिकृत घुम्ती सेवा सञ्चालन गरेको हो । यस भेगका स्थानीयको सेवालाइ सहज बनाउन र खर्चिले नहोस भन्ने हेतुले जिल्ला प्रशासन कार्यालयको समन्वयमा एकिकृत घुम्ती सेवा दिइएको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङको नेतृत्वमा हेलम्बुमा नागरिकता टोली पुगेको थियो । दुई दिनसम्म चलेको शिविरमा दुई सय ५८ ले गाउँमै नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी चेमजोङले जानकारी दिइन् । स्थानीयको समस्या उनिहरुको सेवालाइ मध्यनजर गर्दै हामीले यस पालिकामा सेवा प्रदान गरिएको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा संचालन भएको नागरिकता वितरण तथा मतदाता नामावली संकलन शिविरमा गाउँपालिकाका महिला १ सय १६ र पुरुष १ सय ४२ गरी २ सय ५८ जनालाई नागरिकता प्रदान गरेको हो । यस्तै, २ सय २७ जनाको मतदाता नामावली संकलन गरिएको गाउँपालिकाले जनाएको छ । सेवाग्राहीहरुको हितलाई ध्यानमा राखेर सोही अवसरमा हेलम्बु गाउँपालिकाले आयोजना गरेको कृषि, पशु तथा स्वास्थ्य शिविर पनि सम्पन्न भएको छ । उक्त कार्यक्रममा ९० जना सेवाग्राहीहरुलाइ कृषि सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । १४० जना सेवाग्राही पशु स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, सोही अवसरमा आयोजित स्वास्थ्य शिविरमा १ सय ७० जना बिरामीहरुको निशुल्क उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्