२०८१ श्रावण १२
                           

लकडाउनपछिको सिन्धुपाल्चोक (फोटो फिचर)

चौतारा– कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले लकडाउन गरेसँगै सिन्धुपाल्चोक सुनसान बनेको छ ।

कोभिड–१९ को संक्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गर्ने घोषणा गरेको छ । ‘लकडाउन’सँगै औषधी, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

लकडाउन गरेसँगै अत्यावश्यक र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका भने सडकमा अत्यावश्यक कामका बाहेक मानिसहरु देखिएका छैनन् । लकडाउन उलंघन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्