२०८१ श्रावण १
                           

महिलाहरूलाई बाख्रा वितरण

२१ असार, सिन्धुपाल्चोक । जुगलका वैदेशिक रोजगारबाट फर्केका महिला तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । उनिहरुलाई व्यावसायिक रुपमा पालन गरी आम्दानी होस भन्ने उद्देश्यले वितरण गरेको हो ।

जुगल गाउँपालिका वडा ५ को समन्वयमा दयाका हातहरु नेपालले संचालन गरेका र स्थानीय सरोकारवाला मिलेर समुदायको विकास र सुरक्षाको लागी काम परियोजना अन्तरगत १० जनालाई  सहयोग गरेका हुन ।

साथै यसै वडाको डबलिमा Schhol of life कक्षा पनि संचालन गरि  वडाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।  आर्थिक अवस्था कमजोर भएको २५ जना बालबालिकाहरुलाई सेवा दिएको छ ।

जहा दैनिक  प्रती विद्यार्थीलाई रु ३५ रुपैयाँको खाजा दिइएको छ ।  साथै  शैक्षिक सामाग्री, पोशाक विरतरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्