२०८२ बैशाख १६
                           

तातोपानी नाका हुँदै भित्रिएको भेप बरामद

सिन्धुपाल्चोक –  प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै भित्रिएको ट्रकबाट ७४० पिस भेप बरामद भएको हो ।

बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले गएराति ना ६ ख ५४९६ नम्बरको ट्रक चेकजाँचको क्रममा भेप बरामद गरेको हो ।उक्त भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्