२०८१ श्रावण १२
                           

भिमटारका ५सय५९ परिवारलाई मन्त्री दुलालद्धारा जमिनको अस्थायी निस्सा वितरण

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका ५सय५९ परिवारले ५४९३ रोपनी जमिनको अस्थायी निस्सा प्रदान गरिएको छ । आईतबार एक बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले उक्त अस्थायी निस्सा वितरण गर्नुभएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गदै मन्त्री दुलालले देशमा लामो समय राजनीति गरेपनि गरिबी र चरम शोषणको अन्त्य गर्न अझै बाँकी रहेको बताउँनुभयो । जमिन जोत्नेको र कमाउनेको हुनुपर्छ भनेर लामो समयको प्रयासपछि यहाँसम्म आउन सफल भएको उहाँको भनाई छ । वर्षौँ देखि जोतेको र भोगचलन गरिरहेको जमिन पाउनु कानुनी र नैसर्गिक अधिकार भएको मन्त्री दुलालले बताउँनुभयो । अहिले दिइएको अस्थायी पुर्जाको विकल्प पूर्ण अधिकार सहितको लालपुर्जा नै रहेकाले तिनै तहका सरकार एक भएर लाग्नुपर्नेमा उहाँको जोड छ ।

यस्तै ईन्द्रवती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जोतभोग गर्नेले जमिनको अधिकार पाउनुपर्नेमा जोड दिनुभएको छ । भूमिहीनहरूको भूमि प्राप्त गर्नुपर्छ भनेर गाउँपालिका पनि लागिरहेको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्