२०८१ श्रावण १२
                           

नुनडाँडाका स्थानीयलाई लप्सी क्याडी बनाउने तालिम

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खु, नुनडाँडाका स्थानीयलाई लप्सी क्याडी बनाउने तालिमसहित अवश्यक सामग्री प्रदान गरिएको छ ।

नुनडाँडा लप्सी क्याडी उपभोक्ता समितिले आयोजना गरेको ३ दिने तालिमको समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले स–साना तालिमहरुले पनि स्थानीयहरुलाई स्वाभलम्वी बनाउन सक्ने बताईन् । उनले सीकेको सीपलाई उद्यमसँग जोडेर अर्थोपार्जन गर्न समेत आग्रह गरिन् ।

१६ जना सहभागी तालिम चौतारा बहुमुखी क्याम्पसका स्ववियु सभापति अमृत श्रेष्ठको समन्वयमा भएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको सहगोतमा गरिएको तालिमको समापन समारोहमा वडा नं. ८ का अध्यक्ष अमृत दंगाल, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै इर्खुको पोखरेमा सञ्चालन भईरहेको ४५ दिने गलैंचा बुनाई तालिमको अनुगमन समेत गरिएको छ । नगरपालिकाको सहयोगमा सञ्चालन भईरहेको तालिमको उपप्रमुख सीता थापासहितको टोलीले अनुगन गरेको हो । तालिममा १७ जना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्